मोरङ । प्रहरीले उर्लाबारी नगरपालिकाबाट एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । उर्लाबारी-१ लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्ने क्रममा बुधबार फेला परेको उक्त परिमाणको गोली प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।
सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।







































