काठमाडौं । पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ४ हजार ६९६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।
उनीहरुमध्ये ३५ जनाको मृत्यु भएको छ भने ७ हजार ७५२ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा मात्र देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २५३ जना डिस्चार्ज भएका छन् ।
कहाँ कति थपिए संक्रमित ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै केलालीमा ३६ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका ३३ जना, अछामका १७, काठमाडौंमा १६, कास्की र सुर्खेतका १४/१४ जना, डोटी र कञ्चनपुरका १२/१२ जना, झापाका ८,रुकुम पश्चिम र ललितपुरमा ७ जनामा पनि कोरोना संक्रण पुष्टि भएको छ ।
यस्तै चितवन, पाल्पा, दैलेख र अछाममा ५/५ जना, मोरङ, सप्तरी र बझाङमा ४/४ जना, नवलपुर, गुल्मी र सर्लाहीमा ३/३ जना, सुनसरी, इलाम, सिराहा, बैतडी, गोरखा, काभ्रे, रामेछाप, मुगु र डडेलधुराका २/२ जना तथा तेह्रथुम, सिन्धुपाल्चोक, दोलखा, धादिङ, दाङ, लमजुङ, सर्लाही, बारा, म्याग्दी, प्युठान, कालिकोट, जाजरकोट, दार्चुलामा एकएक जना संक्रमित थपिएका छन् ।