वि.सं.२०८३ भदौ २ मंगलवार

काठमाडौं-६ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खनाल भन्छन् : ७ हजार मतान्तरले चुनाव जित्छु

khanepani

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी काठमाडौं ६ का उम्मेदवार शिशिर खनालले आफू ७ हजार मतान्तरले विजयी हुने दावी गरेका छन् ।

मतगणनास्थल धर्मस्थलीमा संक्षिप्त कुराकानी गर्दै खनालले निर्वाचनमा खसेको कुल मत र आफ्नो मतदाताको विश्वास हेर्दा जित निश्चित देखिएको दावी गरे ।

‘जित निश्चित छ, दोस्रो उम्मेदवारसंग ७ हजार मतान्तरले विजयी हुन्छु’, खनालले भने, ‘निर्वाचनअघिको प्रिपोलमा मेरो पक्षमा २० प्रतिशत अग्रता देखिए पनि कम मत खसेका कारण जित अन्तर घट्ने देखियो ।’

यो क्षेत्रमा ३८ हजार ३८० मत खसेको थियो । ५०० सय मत गणना हुँदा खनालले १७२ मतसहित अग्रता लिएका छन् । उनको प्रतिस्पर्धी एमाले उम्मेदवार सर्वेन्द्र खनालले १४२ र नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान १०८ मतसहित तेस्रो स्थानमा छन् ।

ranechhap