वि.सं.२०८३ भदौ २ मंगलवार

मतपेटिका पुर्‍याएर फर्किंदै गरेकाे जीप दुर्घटना हुँदा बैतडीमा ४ प्रहरीको मृत्यु

khanepani

काठमाडौं । बैतडीको पाटनमा मतपेटिका पुर्‍याएर फर्किंदै गरेको प्रहरी सवार जिप दुर्घटना हुँदा ४ जना प्रहरीको मृत्यु भएको छ ।

पाटन नगरपालिकाकाे थुम भन्ने ठाउँमा बा १ ८५४ नम्बरको जिप आज बिहान दुर्घटना हुँदा घटनास्थलमा ४ जनाको मृत्यु भएको हो । ४ जनाको शव निकालिसकेको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले नेपालप्रेसलाई बताए । उनका अनुसार मृतककाे संख्या बढ्ने सक्ने आश‌ंका छ ।

उनले भने, ‘जीप अपठ्यारो ठाउँमा खसेको हुनाले शवहरु निकाल्न गाह्रो भएछ ।पहिले घाइतेहरु निकालिरहेका छौं । घाइतेहरु प्रहरीबाहेक अरु पनि हुन सक्छ ।

उक्त जिपमा १४ जना सवार थिए । जिप सडकबाट करिब २ सय मिटर तल खसेको थियाे । उनीहरु मतपेटिका पुयाएर फकँदै थिए ।

ranechhap