वि.सं.२०८३ वैशाख १७ बिहीवार

प्रचण्ड नेपाल सुमहका बन्द कर्ताका नेता कार्यकर्ताहरु बन्द गराउन निस्किए सडकमा

khanepani

काठमाडौं । घोषित आम हड्ताल सफल बनाउन प्रचण्ड-नेपाल समूहका नेता-कार्यकर्ता सडकमा उत्रिएर नारा जुलुस गर्न थालेका छन ।

बिहानैदेखि सडकमा निस्किएका केही नेता-कार्यकर्तालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि अहिले ठूलो संख्यामा नेता-कार्यकर्ता प्रदर्शनसहित सडकमा निस्किएका हुन् ।

बन्द गराउन रत्नपार्कबाट नेता-कार्यकर्ताको जुलुस नै निस्केको छ । अन्य चोक र सडकमा पनि कार्यकर्ताहरु निस्किएका छन् ।

बिहानै कलंकीबाट नेतृ अष्टलक्ष्मी शाक्यसहितका नेता-कार्यकर्ता भने पक्राउ परिसकेका छन् ।

ranechhap