02, May, 2024

गृहमन्त्री खाँणलाई सघाए व्यवसायी शर्मालाई सिद्धार्थनगरको मेयर बनाउने कांग्रेसको सहमति

Bagmati Voice
संवाददाता
२ मंसिर २०७९, शुक्रबार ०७:४८ | १ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसले गृहमन्त्री बालकृष्ण खाँणलाई चुनावमा सघाउने सर्तमा एक व्यवसायीलाई रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको मेयर उम्मेदवार बनाउने लिखित सहमति जनाएको छ ।

रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार बालकृष्ण खाँणलाई चुनाव सघाउने सर्तमा गल्लामण्डी निवासी व्यवसायी कृष्णप्रसाद शर्मालाई सिद्धार्थनगर नगरपालिकाको मेयरको उम्मेदवार बनाउने सहमति भएको हो ।

यो लिखित सहमतिमा नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण र व्यवसायी कृष्णप्रसाद शर्माले हस्ताक्षर गरेका छन् । रोहबरको रुपमा इस्तियाक अहमद खानले हस्ताक्षर गरेका छन् । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण गृहमन्त्री बालकृष्ण खाँणका भाइ हुन् ।

सहमति पत्रमा लेखिएको छ, ‘२०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभाको निर्वाचनमा बालकृष्ण खाँणलाई जिताउन कृष्ण प्रसाद शमाएको तर्फबाट कुनै कसर नराखी सम्पूर्ण रुपमा सहयोग पुराउने । कृष्ण प्रसाद शर्माले पुराएको सहयोगको उच्च मूल्यांकन गर्दै आगामी स्थानीय तह निर्वाचनमा सिद्धार्थनगर पालिकामा मेयर पदको लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनाउने ।’

गृहमन्त्री खाँणविरुद्ध राप्रपाका दीपक बोहरा उम्मेदवार छन् । बोहरालाई नेकपा एमालेले समर्थन गरेको छ ।

२ मंसिर २०७९, शुक्रबार ०७:४८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading