वि.सं.२०८३ वैशाख १७ बिहीवार

प्रदेशसभाको वार्षिकोत्सव समारोह मन्त्रीबाटै बहिष्कार

khanepani

जनकपुरधाम । प्रदेश २ सभाको तेस्रो वार्षिकोत्सव समारोह मन्त्रीहरूलेनै बहिष्कार गरेका छन् । भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल बोल्न लाग्दा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, वन तथा वातावरण मन्त्री रामनरेश यादवले ,मञ्‍च छाडेका हुन् ।

मन्त्री यादव ,र साह प्रदेशसभाबाट निस्किसकेका छन् भने मन्त्री राई ,प्रदेशसभा सचिवालय परिसरमै देखिएका छन् । मन्तव्य राख्न नपाएको झोकमा तीनै मन्त्री कार्यक्रम बहिष्कार गरेको बुझिएको छ । तर उनीहरु काम विशेषले हिडेको प्रतिक्रिया बताए ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री ज्ञानेन्द्र यादवले काम विशेषले कार्यक्रमबीचमै छाडेर निस्किनु परेको बताए । बाहिरिने क्रममा उनले भने, ‘बोल्न नपाउँदा हिँडेको हैन् । नेताका लागि बोल्ने ठाउँ कम हुन्छ र ?

मन्त्री साहले कार्यक्रम बहिष्कार नगरेको बताए । उनले भने, ‘योभन्दा महत्वपूर्ण कार्यक्रम हुन सक्छ नी । त्यसैले हिडेको हो ।’

यस्तै नेकपा ओली पक्षतर्फका सांसद रामचन्द्र मण्डल पनि कार्यक्रम बहिष्कार गरेर हिँडेका छन् । उनले पार्टी औपचारिक रूपमा विभाजन नभएपनि संसदीय दलका नयाँ नेता शत्रुधन महतोलाई मान्यता दिएकोमा आपत्ति जनाए ।

नेकपाको संसदीय दलका नेता सत्यनारायण मण्डल थिए । तर नेकपा प्रचण्ड नेपाल समूहले बहुमतको आधारमा मण्डललाई हटाएर महतोलाई नयां नेता चयन गरेका छन् । नेता महतोलाई वार्षिकोत्सव समारोहमा आशन ग्रहण गराएको हो ।

प्रदेश प्रमुख तिलक परियारको प्रमुख आतिथ्यमा प्रदेश सभाले वार्षिकोत्सव समारोह आयोजना गरिएको छ । मुख्यमन्त्री लालबाबु राउत विशिष्ट अतिथि थिए।

ranechhap