वि.सं.२०८३ वैशाख १७ बिहीवार

वार्षिकोत्सवमा महिला सांसद बेहोस

khanepani

जनकपुरधाम । प्रदेश २ को प्रदेश सभाको तेस्रो वार्षिकोत्सव समारोह चलिरहँदा एक महिला सांसद कुर्सीमै बेहोस् भएकी छन् ।

जनता समाजवादी पार्टीकी समानुपातिक सांसद किरण राय यादव बेहोस् भएकी हुन् । कुर्सीमै अचानक बेहोस भएपछि अन्य सांसद र सचिवालयका कर्मचारीले उनलाई उठाएर भवनमा लगेका छन् ।

प्रदेशसभा सचिवालयको एउटा कोठामा उनको उपचार चिकित्सकले गर्दै छन् । गर्मीका कारण उनी बेहोस् भएको एक सांसदले बताए ।

महोत्तरीकी उनले केही समयअघि रक्तदान गरेकी थिइन् । प्रदेशसभाले वार्षिकोत्सव मनाउन टेन्ट लगाएकाे थियाे । वार्षिकोत्सव समारोह जारी छ ।

ranechhap