29, Apr, 2024

आयोगको निर्देशनपछि गण्डकी सरकारले गर्‍यो करको दर घटाउने खारेज

Bagmati Voice
संवाददाता
२१ कार्तिक २०७९, सोमबार १०:३८ | १ साल अगाडी

पोखरा । गण्डकी प्रदेश सरकारले यसअघि गरेको करको दर घटाउने निर्णय खारेज गरेको छ । निर्वाचन आयोगले प्रदेश सरकारलाई करको दर घटाउने निर्णय २४ घण्टाभित्र बदर गर्न १६ कात्तिकमा निर्देशन दिएको थियो ।

पत्र भने आइतबार बिहान ११ बजेमात्र पाइएको बताइएको छ । पत्र आएपछि सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय खारेज गरेको हो । यसबारेमा आयोगलाई सरकारले आजै जानकारी गराउने तयारी गरेको छ ।

प्रदेश सरकारले ७ असोजको मन्त्रिपरिषद् बैठकबाट करको दर घटाउने निर्णय गरेको थियो । प्रदेशका अर्थसचिव भने बिदामा बसेका कारण २७ असोजमा सो निर्णय राजपत्रमा प्रकाशित भएको थियो ।

निर्वाचनको सम्मुखमा आचारसंहिता उल्लंघन हुने गरी करको दर घटाइएको भन्दै मुख्यमन्त्री, अर्थमन्त्री र अर्थसचिवलाई आयोगले अलग-अलग स्पष्टीकरण सोधेको थियो ।

२१ कार्तिक २०७९, सोमबार १०:३८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading