वि.सं.२०८३ वैशाख १७ बिहीवार

ओली पक्षीय युवा संघ र अनेरास्ववियूले आज गर्दै बृहत मोटरसाइकल र्‍याली

khanepani

काठमाडौँ । ओली पक्षीय नेकपाको बागमती प्रदेश कमिटीको आयोजनामा माघ २३ गते हुने शक्ति प्रदर्शनको तयारीको लागि युवा संघ र अनेरास्ववियूले आज संयुक्त रूपमा मोटरसाइकलको र्‍याली गर्ने भएका छन।

नेता महेश बस्नेतले नेतृत्व गर्ने मोटरसाइकल र्‍याली १० हजार युवाले मोटरसाइकलसहित सहभागिता जनाउने दावी गरिएको छ। र्‍यालीका लागि रूट पनि निर्धारण गरिएको छ ।

मध्यान्ह १२ बजे बालकुमारीबाट शुरु हुने र्‍याली सातदोबाटो, लगनखेल, जावलाखेल, पुल्चोक, थापाथली, त्रिपुरेश्वर, एनएसी, जमलचोक, दरबारमार्ग, नारायणहिटी, जयनेपाल हल, कमलपोखरी, रातो पुल, गौशाला, एयरर्पोर्ट हुँदै तीनकुने पुगेर सभामा परिणत हुने आयोजकहरुले बताएका छन ।

ranechhap