13, May, 2024

पूर्वपश्चिम राजमार्गस्थित विर्तामोडमा सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु

Bagmati Voice
संवाददाता
२० माघ २०७७, मंगलवार २१:४३ | ३ साल अगाडी

झापा । पूर्वपश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिकामा आज सवारी दुर्घटना हुँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा विर्तामोड नगरमा मागिखाने ३२ वर्षीय सागर मिश्र रहेको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना ६ ख १५२० नम्बरको बसले दक्षिणबाट उत्तरतिर बाटो काट्दै गरेका पैदलयात्री मिश्रलाई ठक्कर दिएको थियो ।

ठक्करबाट सख्त घाइते भएका मिश्रलाई उपचारका लागि नजिकैको बिर्तासिटी हस्पिटल लगिएको थियो । अस्पताल पु¥याउन साथ उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताए । बसका चालक बिर्तामोड–७ का ३८ वर्षीय रवि पाठकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

२० माघ २०७७, मंगलवार २१:४३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading