काठमाडौँ । मंगलबार थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै हालसम्म नेपालमा २ लाख ७१ हजार २ सय ८९ संक्रमितको संख्या पुगेको छ ।
मङगलबार २४ घण्टामा २५९ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । यो सँगै निको हुनेको संख्या २ लाख ६६ हजार ८ सय ५९ पुगेको छ । देशभरि सक्रिय संक्रमितको संख्या भने ३ हजार २ सय ३ छ
मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट २० लाख ७८ हजार ९८ परीक्षणहरु गरिएको छ ।
हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ९५ रहेको छ ।
पछिल्लो २४ घन्टामा थप एक जनाको काेराेना संक्रमणबाट मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३० पुगेको छ ।









































