वि.सं.२०८३ वैशाख १७ बिहीवार

‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ भनेझैं कतिपयले ‘नाइँ मलाई त्यही संसद चाहिन्छ’ भनेका छन्:

khanepani

काठमाडौँ । महान्यायाधीवक्ता अग्नि खरेलले अहिले कतिपयले ‘नाइँ मलाई त्यही केटी चाहिन्छ’ जस्तै गरेर विघटित प्रतिनिधि सभा नै चाहिने तर्क गरिरहेको बताएका छन्।

प्रतिनिधि सभा विघटन मुद्दामा संवैधानिक इजलासमा भइरहेको सुनुवाइमा मंगलबार बहस गर्दै महान्यायाधीवक्ता खरेलले अहिलेको संविधानको संसदीय व्यवस्था पनि पहिलेको जस्तै भएको बताए।

अहिलेको संविधानमा पहिलाको जस्तो संसदीय व्यवस्था नराखेको बरू सुधारिएको संसद हो भन्ने रिट निवेदकहरूले जिकिर गरेका थिए।
त्यसलाई महान्यान्याधीवक्ताले प्रतिवाद गरे। संविधानमा सुधारिएको संसदको कतै पनि कुरा नगरेको उनले बताए ।

‘दुई-दुई वटा संविधान सभाले बनाएको संविधानको कुरा अमिल्दो कुरा भयो भनेर एकजना विद्वानले गीत गाउनुभयो। मलाई त गीत गाउन आउँदैन म बाथरूम सिंगर हो। खास उहाँले गाउनु पर्ने गीतचाहिँ नाइँ मलाई त्यही केटी चाहिन्छ भन्ने हो,’ खरेलले भने।

यसअघि रिट निवेदकका तर्फबाट बहस गरेका बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले ‘नबिर्सें तिमीलाई न पाएँ तिमीलाई’ भन्ने गीत सम्झँदै आफ्ना कुरा राखेका थिए।

ranechhap