वि.सं.२०८३ भदौ २ मंगलवार

कपिलवस्तुमा विभिन्न पार्टीका प्रभावशाली नेताहरु एमाले प्रवेश

khanepani

रुपन्देही । कपिलवस्तुमा नेकपा एस समाजवादी लुम्बिनी प्रदेश सदस्य डा। जहिरुल हसन खाँ, लोसपा युवा जिल्ला अध्यक्ष विजयकुमार चौधरी,नेकपा माओवादी केन्द्र विजयनगर गाउँ कमिटी अध्यक्ष तेजप्रसाद पौडेल,काङ्ग्रेसका भगवान दास यादव,जसपा र बहुजन शक्ति पार्टीका कार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई मंगलबार नेकपा एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी सहइन्चार्ज गिरिधारीलाल न्यौपानलेले स्वागत गरेका छन् ।

आज विजयनगरमा राष्ट्रिय युवा संघ नेपाल गाउँ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनीहरुलाई पार्टीमा प्रवेश गराउँदै अब विजयनगर एमालेले लालकिल्ला भएको बताए ।

सोमबार मात्रै कपिलवस्तुमा पूर्वसांसद दृघनारायण पाण्डे एमाले प्रवेश गरेका थिए ।

ranechhap