06, May, 2024

यसपटक बैंकको लाभांशमा लगानीकर्तालाई सेयर भन्दा नगद बढी

Bagmati Voice
संवाददाता
८ कार्तिक २०७९, मंगलवार १३:११ | १ साल अगाडी

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । लगानीकर्ताहरुलाई यस पटक आफुले लगानी गरेको कम्पनीले कति प्रतिफल दिन्छ भन्ने चासो पनि छ । त्यसमा पनि नगद र बोनस सेयर आफ्नो भागमा कति पर्ला भन्ने पनि होला ।

गत आर्थिक वर्षको वित्तिय विवरणलाई लिएर साधारणसभा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्म गरिसक्नुपर्ने प्रावधान छ । नेप्सेमा सूचीकृत विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरिरहेका छन् । हालसम्म ५ वटा बाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् ।

बिमा हाइड्रोपावर, म्यूचुअल फण्ड गरी करिब ३ दर्जन कम्पनीले लाभांश घोषणा गरिसेका छन् भने अन्य कम्पनीहरु पनि लाभांश घोषणाकै क्रममा रहेका छन् । यसपटक बैंकहरुले घोषणा गरेको लाभांशमा नगद लाभांश बढी देखिएको छ ।

नेपाल राष्ट्र बैंकले नगद लाभांश वितरणमा गर्दै आएको कडाईलाई खुकुलो बनाएपछि बैंकहरुको जोड नगद वित्तरणतर्फ देखिएको हो । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य नाफाको ३० प्रतिशत माात्र नगद लाभांश वितरण गर्न पाउने व्यवस्था हटाएको थियो । त्यसतैलाई टेकेर बैंकहरु नगदतर्फ आकर्षित भएको देखिन्छ ।

कुन बैंकले कति दिदैछन् ?

ग्लोबल आइएमई बैंकसँग मर्जको सम्झौता गरेको बैंक अफ काठमाण्डूले कुुल २०.९५ प्रतिशत लाभांशमध्ये ६ प्रतिशत बोनस र अरु बाँकी नगद लाभांश दिने घोषणा गरिसकेको छ । अहिलेसम्म लाभांशं प्रस्ताव गर्ने बैंकमा बैंक अफ काठमाण्डू, सिटिजन्स, कुमारी, एनसीसी बैंक र सानिमा बैंक रहेका छन् ।

कुमारी बैंकले १२ प्रतिशत र सिटिजन्सले ९ प्रतिशत नगद लाभांश घोषणा गरेका छन् भने बैंक अफ काठमाण्डूले १४.९ प्रतिशत नगद र एनसीसीले ३.३३ प्रतिशत बोनस र ७.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेका छन् । यता निफ्राले पनि सेयरधनीलाई ४.२१ प्रतिशत नगद लाभांश घोषणा गरेको छ ।

मर्जर प्रकृयामा गएका बैंकहरुको पुँजी ठुलो छ र जाने प्रकृयाका बैंकको पुँजी पनि ठुलै देखिएको छ । यद्यपि पुँजी अनुसारको लाभांश भने बैंकहरुले वित्तरण गर्न नसकेको गुनासो सेयरधनीले गर्दै आएका छन् ।

अघिल्लो बर्षको तुलनामा अहिले बैंकहरुको लाभांश घटेको छ । राष्ट्र बैंकको नीतिका कारण नगद दिन नपाएका बैंकहरु अन्यले पनि नगदलाई जोड दिने बैंकरहरु बताउँछन् ।

८ कार्तिक २०७९, मंगलवार १३:११ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading