04, May, 2024

महानगरले हटायो न्युरोडमा व्यापारीले बनाएको झिलिमिली

Bagmati Voice
संवाददाता
६ कार्तिक २०७९, आईतवार १५:०२ | १ साल अगाडी

काठमाडौं । काठमाडौं महानगरपालिकाले न्यूरोडस्थित पसलहरूमा व्यापारीले तिहारका लागि राखेको झिलिमिली काठमाडौं महानगरपालिकाले हटाइदिएको छ।

पसल सजावटको लागि राखिएका फूल गेट र झिलिमिलीले सर्वसाधारणलाई बाटो हिँड्न कठिनाइ भएको भन्दै महानगरले आज हटाएको हो।

काठमाडौं महानगरका प्रहरी उपरीक्षक राजु पाण्डेले न्युरोड क्षेत्रका पसल अगाडि राखिएका फूल गेटलगायत संरचना हटाइएको जानकारी दिए।

उनकाअनुसार ती सजावट सामाग्रीले मानिसहरूलाई फुटपाथमा हिँड्न कठिनाइ भइरहेको थियो।

‘उहाँहरूले पसल सजाउने भन्दै फलाम प्रयोग गरी सजावटका सामग्री नै फुटपाथमा राख्नुभएको थियो,’ उनले भने, ‘फुटपाथमा समेत असर पर्ने गरी राखेका र फलाम प्रयोग गरी राखिएका सजावटका सामग्री मात्र महानगरले हटाएको छ।’

सुनचाँदी व्यवसायीहरूले फूलले सजावट गरेका थिए। पसलमाथि राखिएका सजावट भने हटाइएको छैन।

पछिल्लो समय महानगरले फुटपाथ खाली गर्दै आएको छ। त्यसका साथसाथै विभिन्न अनधिकृत संरचना पनि भत्काउँदै आएको छ।

६ कार्तिक २०७९, आईतवार १५:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading