03, May, 2024

सुनिता डंगोल आफ्नै नामका फेक आइडीबाट हैरान्, निर्वाचन आयोगलाई गराइन् जानकारी

Bagmati Voice
संवाददाता
३ कार्तिक २०७९, बिहीबार १७:१९ | १ साल अगाडी

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, भयरहित र पारदर्शी रुपमा सम्पन्न गर्ने कुरामा आफ्नो तर्फबाट आयोगलाई पूर्ण सहयोग रहने बताएकी छन् । आज आयोगलाई एक पत्र लेखेर जानकारी गराएकी छन् ।

‘त्यहाँ आयोगबाट भइरहेको काम कारबाहीबारे म जानकार छु र काठमाडौँ महमानगरपालिकाको उपप्रमुखको हैसियतले गर्नुपर्ने आचारसंहिताको परिपालना समन्वय र सहयोगको लागिसमेत संवेदनशील रहेको व्यहोरा अनुरोध गर्दछु,’ उनले पत्रमा लेखेकी छन्, ‘आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम पालना गर्नुपर्ने आचारसंहिता र आचरणको पालना गरिहरको छु । आगामी मंसिर ४ मा हुने निर्वाचनलाई केन्द्र बनाई अफवाह पैलाउने, गलत सूचना तथा व्यहोरा सम्प्रेष्ण्ण गर्ने, आचारसंहिता विपरीत मेरो नामबाट नक्कली परिचय खडा गरी समाजिक सञ्जालको दुरुपयोग गर्ने काम भइरहेको देखिएकाले सो कार्यप्रति मेरो ध्यानाकार्षण भएको छ ।’

उनले त्यस्तो कार्यप्रति गम्भीर आपत्ति रहेको भन्दै त्यस्तो कानुन विपरीत कार्य गर्ने-गराउनेको पहिचान गरी आवश्यक कारबाही गर्न गराउन आग्रह पनि गरेकी छन् । उनले आफूले प्रयोगमा ल्याएको आधिकारिक सामाजिक सञ्जालहरुको व्यहोरासमेत पत्रमा उल्लेख गरेकी छन् ।

३ कार्तिक २०७९, बिहीबार १७:१९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading