वि.सं.२०८३ वैशाख २० आइतवार

७७ वटै जिल्लामा भूमि समस्या समाधान आयोगका तोकिए अध्यक्ष र सदस्य(सूची सहित)

khanepani

काठमाडौं । सरकारले ७७ वटै जिल्लामा भूमि सम्बन्धी समस्या समाधान गरि भूमिहीन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन समिति गठन गरेको छ । भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्यहरु नियुक्त गरेको हो ।

भूमि सम्बन्धी समस्या समाधान आयोगको केन्द्रको अध्यक्ष देवी ज्ञवाली छन् । आयोगका जिल्ला पदाधिकारीहरुको सपथग्रहण माघ २४ गते प्रधानमन्त्री निवास बालुवाटारमा हुने मन्त्री डा.शिवमाया तुम्बाहाङ्फेले नेपाल प्रेसलाई जानकारी दिएकी छन् ।

पद्मा अर्याल भूमि व्यवस्था मन्त्री भएकै बेला बनेको सूची नेकपा विभाजनपछि केही हेरफेर गरेर प्रचण्ड माधव नेपाल पक्षमा लागेकाहरुलाई हटाएर नयाँ सूची बनाइएको स्रोतले जनाएको छ ।

भूमि आयोगका जिल्ला अध्यक्ष र सदस्यहरु प्रायः सबै सोही जिल्लाका नेकपा नेताहरु छन् । आयोगको अध्यक्ष र सदस्यमा महिलाको संख्या पनि उल्लेख छ । आयोगका पदाधिकारीहरुको नियुक्तिको सूचना सोमवार साँझै राजपत्रमा प्रकाशित भएको छ ।

ranechhap