वि.सं.२०८३ वैशाख १९ शनिवार

मिटरब्याजी ‘मन्टु’ पुर्पक्षका लागि जेल चलान

khanepani

विराटनगर । चक्रवर्ती मिटरब्याज लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा पक्राउ परेका विराटनगर-९ घोघापुल चोकका सञ्जय रौनियार पुर्पक्षका लागि कारागार चलान भएका छन्।

जिल्ला अदालत मोरङले सोमबार ‘मन्टु’ भनेर चिनिने मिटरब्याजी रौनियारलाई कारागार चलानको आदेश दिएको हो।

स्रेष्तेदार राजकुमार दाहालका अनुसार उनीविरूद्ध ठगी तथा आपराधिक लाभ लिएको कसूरका १७ वटा मुद्दा दायर भएका थिए। तीमध्ये १३ वटा मुद्दामा अनुसन्धान गर्नु आवश्यक देखिएकाले अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको हो।

न्यायाधीश ईश्वर पराजुलीको इजलासले अन्य चार वटा मुद्दामा पाँच लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको स्रेष्तेदार दाहालले जानकारी दिए।

गैरकानुनी ‘मिटरब्याज’ धन्दा चलाउँदै आएका ४५ वर्षीय रौनियारलाई प्रहरीले मंसिर २९ गते साँझ घरैबाट पक्राउ गरेको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले रौनियारले एक करोड १० लाख रुपैयाँ ठगी र आपराधिक लाभ लिएको मुद्दा अदालतमा बुझाएको थियो। एक दसकयता रौनियारले विराटनगर र आसपास ग्रामीण क्षेत्रमा मिटरब्याजको धन्दा चलाउँदै आएका थिए।

ranechhap