29, Apr, 2024

ओलीले विघटन गरेको संसद् पुनर्स्थापना गर्ने नेता प्रचण्ड नै हुन् : घनश्याम भुसाल

Bagmati Voice
संवाददाता
२९ आश्विन २०७९, शनिबार १७:१८ | १ साल अगाडी

काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा पुनस्थापना गराउने नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भएको दाबी गरेको छन्।

रुपन्देहीमा शनिबार वाम–लोकतान्त्रिक गठबन्धन मध्ये माओवादी केन्द्रको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले मंसिर ४ गतेको निर्वाचनमा गठबन्धनले शानदार जित ल्याउने दाबी गरेका हुन्।

उनले भने, ‘हामीले शानदार जित निकाल्नुपर्छ। हाम्रो यो लडाइँ हो। नेपालमा जतिपनि ठुला परिवर्तन भए वाम–लोकतान्त्रिक गठबन्धनबाट भएका छन्। क्रान्तिका शक्ति फुटेपछि कहिलेपनि क्रान्ति हुन सक्दैन। वाम–लोकतान्त्रिक शक्ति एक ठाउँमा आएकाले नै संविधान बनेको हो। हामीले यसलाई बचाउनुपर्छ।’

वाम–लोकतान्त्रिक गठबन्धन फुटे अहिलेसम्मको उपलब्धि खेरर जाने बताए। अहिलेसम्म प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न नसकेकै कारणले आफूहरु असफल भएको उनको बुझाइ छ।

‘वाम–लोकतान्त्रिक गठबन्धनको स्पिरिड अहिलेको अवश्यता हो। दुई पटक संसद विघटन भयो। जसले जे भनेपनि पहिलो पटक संसद विघटन हुँदा त्यसको पुनस्थापना गर्ने नेता प्रचण्ड नै हो। दोस्रो पटकका शेरबहादुर देउवा हुन्’ उनले भने, ‘त्यसैले वाम–लोकतान्त्रिक गठबन्धनको औचित्य छ।’

वाम–लोकतान्त्रिक गठबन्धनभित्र कसैले आशंका गर्न नहुने उनले बताए। उनले माओवादी केन्द्रका नेताहरुलाई चुनावको दिनमा भारी मत बोकेर फर्कन आग्रह गरे।

२९ आश्विन २०७९, शनिबार १७:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading