काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरे पीडित भनिएकी किशोरीको दुई वटा जन्मदर्ता भएको विषयमा आफूहरुले अनुसन्धान गरिरहेको बताएका छन्।
सन्दीपलाई दोस्रो पटक अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेपछि सञ्चाकर्मीहरुसँग कुराकानी गर्दै त्यस विषयमा अनुसन्धान भइरहेको बताएका हुन्।
उनले प्रहरीले सन्दीपको आधाजसो बयान लिने काम सकाइसकेको समेत बताए।
उनले भने, ‘संवेदनशिल मुद्धालाई चाँडै टुंग्याउनुपर्छ भनेर सबै लागिराख्नुभएको छ। प्रहरीले ३ दिन माग गरेको थियो। ३१ गतेसम्म हामीले सबै काम सक्छौँ भनेर लागेका छौँ। अदालतले अनुसन्धानलाई छिटो सक्नु भन्नुभएको छ ।’