काठमाडौं । सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै सत्ता गठबन्धन छाडेको जनता समाजवादी पार्टी (जसपा) सरकारबाट भने नबाहिरिने भएको छ ।
चुनावी सरकार भएकाले तत्काल सरकारबाट आफूूहरु बाहिने कुनै निर्णय नभएको जसपाका प्रवक्ता मनिष सुमनले बताए ।
उनले भने, ‘सबै मिलेर चुनाव सम्पन्न गराउनु छ । त्यसै पनि यो चुनावी सरकार हो । त्यसैले सरकारबाट बाहिरिनेबारे छलफल भएको छैन ।’
सरकारमा बस्नु र चुनावी तालमेल गर्नु फरक भएको उनको तर्क छ । एमालेसँग जसपाले १७ सीटमा तालमेलको सहमति गरेको थियो । तर, उम्मेदवारी दर्ताको क्रममा केही ठाउँमा विवाद देखिएको छ ।








































