वि.सं.२०८३ वैशाख १८ शुक्रवार

बागमती प्रदेश सभा बैठक सारियो दुई सातापछि, फागुन ५ गतेसम्मलाई स्थगित

khanepani

वागमती । आजका लागि बोलाइएको बागमती प्रदेश सभा बैठक दुई साताका लागि सरेको छ।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले आइतबार साँझ सूचना जारी गर्दै विशेष कारणले बैठक फागुन ५ गतेसम्मलाई स्थगित भएको जानकारी दिएका छन्।

बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

यसअघि माघ ९ गते बस्ने भनिएको प्रदेश सभामा पौडेलविरूद्धको अविश्वास प्रस्तावबारे छलफल हुने भनिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ। यसको असर प्रदेश सभामा पनि देखिएको छ।

नेकपाको प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उनीहरूले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।

नेपाली कांग्रेसले मुख्यमन्त्री पौडेललाई साथ नदिने प्रचण्ड(नेपाल पक्षको विश्वास छ।

कांग्रेसका नेताहरूले पनि मुख्यमन्त्री पौडेललाई साथ दिन नसकिने बताउने गरेका छन्। यद्यपी कांग्रेसले यसबारे औपचारिक निर्णय गरिसकेको छैन।

ranechhap