वि.सं.२०८३ वैशाख १७ बिहीवार

सेनाको बख्तरबन्द गाडीले माघ १९ राति चक्रपथको किन चक्कर लगाउर्दै

khanepani

काठमाडौं । नेपाली सेनाको बख्तरबन्द गाडीले माघ १९ सोमबार राति काठमाडौंको चक्रपथको चक्कर लगाउने तयारी भएको छ । नियमित अभ्यास योजना अनुसार यस्तो गर्न लागिएको सेनाले जनाएको छ ।

‘नेपाली सेनाको नियमित अभ्यास योजना अनुसार यही माघ १९ गते राति वख्तरवन्द गाडीहरूले काठमाडौं चक्रपथको चक्कर लगाउने योजना रहेको,’सेनाले विज्ञप्तिमार्फत भनेको छ।

त्यस्तै ८ वटै पृतना अन्तर्गतका ‘मेकनाईज्ड युनिट’ हरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा वख्तरवन्द गाडीको अभ्यास गर्ने योजना रहेको समेत सेनाले जानकारी दिएको छ।

ranechhap