12, Apr, 2024

शेखर कोइराला समूहको खबरदारी भेला सुरु

Bagmati Voice
संवाददाता
८ आश्विन २०७९, शनिबार १४:२३ | १ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको खबरदारी भेला सुरु भएको छ ।

पार्टी न्यायोचित टिकट बाँडफाँटका लागि दबाब बढाउने भन्दै कोइराला समूहका नेताहरु भेला भएका हुन् ।

हिजो बिहान स्वयम्भूमा बसेको शेखर पक्षीय केन्द्रीय सदस्य, जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिसहितको भेलाले भोलि देशभरका नेता कार्यकर्ता सम्मिलित भेला गर्ने निर्णय गरेको थियो ।

यतिबेला टिकट माग्दै देशभरका नेता कार्यकर्ता काठमाडौं केन्द्रित भएका बेला यस्तो भेला गर्दा उल्लेख्य सहभागिता जुटाउन सकिने र त्यसले संस्थापन पक्षलाई चर्को दबाब सिर्जना गर्न सकिने रणनीतिमा शेखर समूह देखिएको छ ।

भेलामा कांग्रेस नतो गुरुराज घिमिरे, नुवाकोटका पूर्व सभापति जगदिश नगरसिंह केसी, केन्द्रीय सदस्यहरु प्रकाश स्नेही र अजयबाबु सिवाकोटी लगायत सहभागी छन् ।

८ आश्विन २०७९, शनिबार १४:२३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading