वि.सं.२०८३ असार १२ शुक्रवार

बैरागी काँइलालाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने सरकारको निर्णय

khanepani

काठमाडौं । सरकारले बैरागी काँइलालाई मासिक ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनको हेरचाहका लागि मासिक ५० हजार उपलब्ध गराउने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

ति मन्त्रीले भने, ‘पहिलेदेखि २५ हजार मासिक रुपमाा उपलब्ध गराउने गरिएको रहेछ । त्यसैमा २५ हजार थपेर ५० हजार पुर्याउने निर्णय भएको छ ।’ शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नै शताब्दी पुरुष सत्यमोहन जोशीलाई २४ सै घण्टा नर्सिङ सेवा र हेरचाहका लागि ७० हजार मासिक रुपमा उपलब्ध गराउने निर्णय पनि गरेको छ ।

ranechhap