काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले २८ गतेको काठमाडौंका वृहत शक्ति प्रदर्शनअघि माइतीघरको साताब्यापी धर्ना जारी राखेर आन्दोलन अगाडि बढाउदै आएका छन ।
आइतवार अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समेत धर्नामा सहभागी हुने केन्द्रीय सदस्य बिष्णु रिजालले जानकारी दिए ।
विभाजित नेकपाको एउटा पक्षले ४ दिनदेखि माइतीघर मण्डलमा धर्ना दिइरहेको छ । धर्नामा विघटित प्रतिनिधिसभाका सदस्यहरु सहित राष्ट्रियसभा, प्रदेशसभा र दुवै संविधानसभाका सदस्यहरु सहभागी हुर्दै आएका छन ।
प्रचण्ड माधव पक्षले यसबीचमा प्रादेशिक जनसभाहरु समेत सम्पन्न गरेका छन । अदालतले प्रतिनिधिसभा पुनःस्थापना नगरे सभामुखमार्फत संसद बैठक बोलाएर केपी ओलीलाई कारवाही गर्ने चेतावनी प्रचण्डले दिर्दै आएका छन ।









































