धनगढी । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भएको बताएका छन् । सोही घटनाले आफूलाई अब सरकारको लक्षण राम्रो छैन, भन्ने लागेको उनले टिप्पणी गरेका छन ।
धनगढीमा आयोजित विरोधसभामा बोल्दै नेपालले भने, ‘केपी ओली सरकारको पहिलो गाँसमा नै झिंगा पस्यो । उनको सरकार बनेलगत्तै निर्मला हत्याकाण्ड भयो । अब यसको लक्षण राम्रो छैन भन्न लागेको थियो । लक्षणबाटै थाहा भयो यसले राम्रो ढंगले काम गर्दैन ।’









































