वि.सं.२०८३ जेठ ३१ आइतवार

कोरोना भाइरसको संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु

khanepani

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । कोभिड–१९ विरुद्ध अग्रपंक्तिमा खटिएका सिनियर अनमी रमा भारतीको आज मृत्यु भएको हो ।

(कोभिड–१९) बाट एक जनाको पनि मृत्यु नभएको पछिल्लो दिन बाँकेको बैजनाथ गाउँपालिका टिटिमरिया स्वास्थ्य चौकीमा कार्यरत कोहलपुर नगरपालिका ११ का ४७ वर्षका सिनियर अनमी भारतीको मृत्यु भएको हो ।

कोभिड–१९ संक्रमण भएर भेरी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको मन्त्रालयका सह–प्रवक्ता डां. समिरकुमार अधिकारीले एक विज्ञप्ती मार्फत पुष्टि गरेका छन् ।

‘यस शोकाकूल घटीमा स्वर्गीय आत्माको चीर शान्तीको कामना सहित शोक सन्तप्त परिवारजनमा धैर्यधारण गर्ने क्षमता प्राप्त होस् भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आर्थिक श्रदाञ्जली सहित समवेदना प्रकट गर्दछ ।’ अधिकारीले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

ranechhap