वि.सं.२०८३ वैशाख १७ बिहीवार

१० वटा फर्मको बैंक खाता सञ्चालन गरेर एक अर्ब राजश्व छली, १७ जनाविरूद्ध मुद्दा

khanepani

काठमाडौं । राजश्व अनुसन्धान विभागले एक अर्ब बिगो कायम गर्दै सर्लाही गोडेता नगरपालिका-८ का सरोजकुमार मिश्रसहित १७ जनाविरूद्ध अदालतमा मुद्दा दायर गरेको छ।

नक्कली भ्याट बिल प्रयोग गरी विभिन्न १० वटा व्यापारिक फर्म सञ्चालन गरेर राजश्व छलेको अभियोगमा एक अर्ब चार करोड २४ लाख ९९ हजार ७२८ रुपैयाँ बिगो माग्दै विभागले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।

राजश्व छलीको अभियोगमा एस के एम एक्टिभ प्रा.लि.का सञ्चालक मिश्र मुख्य कारोबारी रहेको विभागले जनाएको छ।

अन्यलाई विभागले सो कारोबारमा मतियार रहेको अभियोगमा मुद्दा दायर गरेको छ।

सबै फर्महरूका बैंक खाता सञ्चालन मिश्रले गर्ने गरेको विभागको दाबी छ।

सो कारोबारको लेखा परीक्षण गरी कर छलीमा सहयोग गर्ने गंगाप्रसाद भट्टराई, रमेश घिमिरे, तोयानाथ अधिकारी, सुरेन्द्रकुमार इङ्गनाम, टंक राउत, दीपक निरौला दीपककुमार कोइरालालाई मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजाय मागदाबी लिइएको विभागले जनाएको छ।

फर्महरूको सूची :

ranechhap