काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले आफ्नो जन्मदिन पारेर शारीरिकरूपमा अशक्त एक विद्यार्थीलाई सहयोग गरेका छन् ।
आज बिहान गृहजिल्ला ताप्लेजुङ मैवाखोला गाउँपालिका- ५ निवासी जीवन वनेम (लिम्बू) लाई भेटेर भट्टराईले २० हजार नगद सहयोग गरेका छन् । सँगै उनले अर्को एक वर्षका लागि कोडा भाडा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जीवन पाथिभरा क्याम्पसमा शिक्षा विषय लिएर स्नातक तेश्रो वर्षमा अध्ययनरत् छन् ।
सानैदेखि खुट्टाको समस्याका कारण शारीरिकरूपले अशक्त साथै परिवारको आर्थिक अवस्था कमजोर भएका कारण पढाइमा प्रोत्साहनका लागि आफूले सहयोग गरेको भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।







































