वि.सं.२०८३ भदौ ३ बुधवार

महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु

khanepani

काठमाडौं । महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरासँग बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।

जबरा बैठकमा उपस्थित भएको फोटो र भिडियो खिचिसकेपछि पत्रकारहरुलाई बाहिर पठाइएको छ ।

यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाअभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो ।

आफूमाथि लागेको आरोपबारे बयान दिन जबरा ११ बजे नै सिंहदरबार पुगेका थिए । गत फागुन १ गते सत्तारुढ सांसदहरुले महाअभियोग दर्ता गराएपछि उनी स्वतः निलम्बनमा परेका थिए ।

ranechhap