काठमाडौं । आज गणेश चतुर्थी । भगवान गणेशको जन्मदिन चतुर्थी पर्ने भएकोले आजको दिनमा गणेशको पूजा गरेर मंगल चौथी मनाउने परम्परा रहेको छ ।
नेपालमा पनि विभिन्न गणेश मन्दिरहरुमा आज मेला लाग्ने गर्दछ । काठमाडौंको कमलादीस्थित गणेशस्थानमा पनि विशेष पूजा आराधना गर्ने भक्तजनहरुको भीड लागेको छ ।
गणेश भगवानलाई मनपर्ने मिठाइ लड्डु र दुवो चढाएर पूजा गर्ने चलन रहेको छ । बिहानैदेखि गणेशको मन्दिरमा दर्शनार्थीको भीड लागेको छ । यस्तै हरितालिका तीजको व्रत बसेका नारीहरुले पनि आज चतुर्थी तिथीलाई गणेश चौथीको रुपमा पूजा गरेर व्रत समापन गर्ने गर्दछ ।








































