वि.सं.२०८३ भदौ २ मंगलवार

पशुपतिमा तीज : पूजा आराधना र नाचगान हुर्दै भब्य

khanepani

काठमाडौं । आज हिन्दू नेपाली महिलाहरूले हरितालिका तीज मनाइरहेका छन् ।

भगवान शिवको आराधना गर्दै उल्लासपूर्वक मनाउने पर्व तीजका दिन पशुपतिनाथ मन्दिरमा महिलाहरूकी भीड लागेको छ ।

रातो सारी र गहनाले सजिएका महिलाहरू बिहानैदेखि पशुपतिमा पूजा गर्न लाइनमा बसेका छन् । कोही पूजा गर्दैछन् भने कोही पशुपतिनाथको दर्शन गर्दैछन् ।

मन्दिर नजिकै महिलाहरू समूह-समूहमा नाचगान गरेर पनि रमाइरहेका छन् । कोही फोटो र भिडियो लिन व्यस्त छन् ।

ranechhap