वि.सं.२०८३ जेठ ३० शनिवार

ललितपुर मालपोत कार्यालयका नासु र लेखापढी व्यवसायी घुससहित पक्राउ

khanepani

ललितपुर । ललितपुरको भूमि सुधार तथा मालपोत कार्यालय, लगनखेलका नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ परेका छन्।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठलाई ४० हजार घुससहित पक्राउ गरेको हो।

सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उनीहरूलाई मंगलबार ललितपुर महानगरपालिका-१२ लगनखेल बसपार्कबाट पक्राउ गरेको हो।

उनीहरूले सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको भन्दै मिलाउनको लागि घुस माग गरेका थिए। घुस माग गरिरहेको भन्ने सूचना तथा उजुरीको आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले ४० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

उनीहरूमाथि अख्तियारले थप अनुसन्धान गरिरहेको छ।

ranechhap