वि.सं.२०८३ जेठ ३० शनिवार

तीन महिनापछि सार्वजनिक कार्यक्रममा झुल्किए चिनियाँ अर्बपति ज्याक

khanepani

एजेन्सी । चिनियाँ अर्बपति ज्याक मा झन्डै तीन महिनापछि सार्वजनिक रूपमा देखिएका छन्। गत अक्टोबरदेखि सार्वजनिक रूपमा नदेखिएका मा बुधबार एउटा भिडिओ कन्फरेन्समा देखिएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

लामो समय उनी सार्वजनिक मञ्चमा नदेखिएपछि चिनियाँ सरकारले नै उनलाई बेपत्ता पारेको हुन आशंका गरिएका समाचार प्रकाशित भएका थिए।

ग्लोबल टाइम्सका अनुसार माले बुधबार रूरल टिचर्स अवार्ड कार्यक्रममा भर्चुअल सम्बोधन गरेका छन्। सम्बोधनका क्रममा उनले कोरोनाको महामारी सकिएपछि आफूहरू फेरि भेट्ने बताएका छन्। यो अवार्ड माकै संस्था ज्याक मा फाउन्डेसनले गर्दै आएको छ। प्रविधि व्यापारमा आउनुअघि मा अंग्रेजी पढाउँथे।

ranechhap