काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहर कमल मुसलमानले एम अधिकारी को हुन् भन्ने कुरा संसदले पत्ता लगाउन नसकेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकअन्तर्गत शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘हामीले संसदमा पटक–पटक उठेको एम अधिकारीलाई हामीले पहिचान गर्न सकेनौं । के हामी घर जाँदाजाँदै एम अधिकारीको पहिचान गर्न सक्छौं ?’, उनले भने, ‘हामीले जनतालाई के जवाफ दिने ? महाप्रसाद अधिकारी हुन् कि माधव अधिकारी हुन् कि ? कहाँका बासिन्दा हुन् ? राष्ट्र बैंकका गभर्नर हुन् वा कुनै कृषक ।’
यसको जानकारी प्राप्त भए जनताको माझमा जाँदा कम्तिमा संसदले यो कुरा पत्ता लगाएको भन्न सकिने उनले बताए ।








































