वि.सं.२०८३ वैशाख ६ आइतवार

प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले कहिल्यै पनि नभेटेको बताए

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई आफूले कहिल्यै पनि नभेटेको बताएका छन ।

शनिबार काठमाडौंमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओली समूहका अध्यक्ष समेत अध्यक्ष समेत रहेका ओलीले भने, मैले यसपटक मात्र होइन, शायद कहिल्यै भेटेको छैन ।’

उनले अघि भने, ‘अह, सपना प्रधानलाई वकिल हुँदा यस्तै कुनै कार्यक्रममा देखेको हो । अरुलाई त देखेको पनि छैन, शायद चिनेको पनि छैन ।’

प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला प्रधानमन्त्रीले चार जना न्यायाधीशलाई भेटेको भन्दै शुक्रबार संवैधानिक इजलासमै प्रश्न उठेको थियो । रिट निवेदकको तर्फबाट शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी थिइन्, तर प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले त्यस्तो कुरा गर्नुस् भन्दै रोकेका थिए ।

ranechhap