काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) महाराजगञ्ज शाखाका प्रमुख रमेश के.सी जहाँ बस्यो त्यहि भष्टाचार र अनियमितता गर्दै संस्थालाई रसातालमा पुर्याउने काविल कर्मचारी हुन ।
उनले ठिमिमा कार्यालय प्रमुख भएर बसेर गरेका अनियमितताका विषयमा तत्कालिन सिईओ महेशकुमार भट्टराईले कुरा नउठाएका भने होइनन तर, उनलाई उनकै सहयोगिहरुको कडा दवाव परेपछि के.सीलाई महाराजगञ्ज शाखामा सरुवा गरेका थिए ।
उनले एक जना ठेकेदारको बैक खाता किर्ते गरेर संचालन गरेको उजुरी भट्टराईको चेम्बरसम्म पुगेपछि उनी केसीबारे सर्तक थिए । तर, केसीले ठेकेदारलाई आफु जहाँ बसेपनि मिलेर काम गर्ने सहमति गरेपछि ठेकेदार रेशम केसी पछाडि हटेका थिए ।
अहिले पनि महाराजगञ्ज शाखामा यीनै ठेकेदार केसीको रजगज चल्दै आएको छ । आफ्ना पुराना पाप काण्ड बचाउन केसीले ठेकेदार केसीसँगको सम्बन्धलाई समधुर बनाएर रै राखेका छन । शाखा प्रमुख केसी यीनै ठेकेदार केसी मार्फत आफ्ना कालो धन्दा चलाउदै आएको कुरा केयूकेएलमा व्यापक चर्चा चल्ने गरेको छ ।
शाखा प्रमुख केसीले प्रचण्ड माधव नेपालको आन्दोलनलाई समेत आर्थिक सहयोग दिर्दै आएका छन । उनी सरकार विरोधी आन्दोलनका लगानी कर्ता समेत रहेको उनी निकट पार्टीका कार्यकर्ताहरुले बताएका छन ।
केयूकेएलका भष्मासुर केसी आफ्नो आलोचना गर्नेलाई भौतिक कारवाहिको धम्की दिन पनि पछि पर्दैनन । केसीको विरुद्ध नेपाली जनतामा समाचार प्रकाशित भएपछि केसीले बाग्मती भ्वाइस परिवारलाई आर्थिक प्रलोभन नदेखाएका भने होइनन । तर, बाग्मती भ्वाइस परिवारले उनलाई अनियमित काम नगर्न र आफु सञ्चिन पटक पटक उनका सहयोगिमार्फत उनलाई आग्रह गरिएको हो । तर, उनी सच्चिनुको वदलामा झन भ्रष्टाचारका नयाँ नयाँ फर्मुला प्रयोग गर्न थालेका प्रमाणहरु फेला परेका छन ।
उनले सिइओ शाक्य, काठमाडौं उपत्यका व्यवस्थापन बोर्डलाई समेत घुमाउरो ढंगले उनको अनियमिततामा मुछ्ने काम गरेको समाचार स्रोतले दावी गरेको छ ।
उनका विरुद्ध अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजूरीका चाङ रहेका छन । उनी अख्तियारका कर्मचारीहरुसँग सेटिङ गरेको नक्कली ढोङ समेत पिट्र्दै हिड्ने गरेका छन ।
उनको चक्रपथको कामको उजुरी अख्तियारमा विचाराधिन रहेको छ । उनले चक्रपथको काममा एकै ठाउँको कामलाई समेत ४ प्याकेज बनाएर कोटेश्नमा आफ्ना मानिसहरुलाई ठेकेदार बनाएर काम गरेका थिए ।
उनको यो अनियमित काम गर्ने कलाले केयूकेएल मात्र होइन भ्याली वोर्डसमेत प्रभावित हुने संकेत देखिएको छ । त्यसैले उनलाई समयमै कारवाहि नगरेमा उनीमा झन भ्रष्टाचार र अनियमित गर्न हौसला बढ्ने देखिएको छ ।









































