काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) काठमाडौं उपत्यकामा बसोवास गर्ने जनताहरुलाई पानीको व्यवस्थापन गर्दै आएको छ ।
सरकारको गौरबको आयोजना मध्य एक हो, मेलम्ची खानेपानी । मेलम्चीको पानीको अप्परेटरको काम पनि यसै केयूकेएलकै जिम्मेवारीमा पर्दछ ।
केयूकेलएलले निकट भविष्यमै मेलम्चीको पानीको अप्परेरको काम गरेर जनताका घरदैलोमा पानी पुर्याउने जिम्मेवारी पुरा गर्नु पर्ने हुन्छ । तर, केयूकेएलका शाखा प्रमुखहरु अनियमितता र भष्टाचारमा डुबेर डुङ्गडुङ्गति गन्याए छन ।
आफुलाई पूर्वमओवादीको लडाकु समेत बताउन पछि नपर्ने, हरेक मानिसलाई काट्छु मार्र्छु जस्ता अपराधिक शब्दावली प्रयोग गर्नेहरुले कसरी मेलम्चीको पानीको व्यवस्थापन गर्लान ? एउटा प्रश्न चिह्रन खडा गरिदिएको छ ।
काट् र मार जस्ता शब्दावली प्रयोग गर्नेमा इन्जिनियरीङ्ग गरेको जस्तो आभास दिने र गुण्डाहरुको महारथि जस्तो लाग्ने अरु कोहि नभएर उनी हुन, केयूकेएल महाराजगञ्ज शाखाका शाखा प्रमुख रमेश केसी ।
यस्ता पनि सरकारी कर्मचारी हुन्छन र जस्तो लाग्छ उनीसँग कुरा गर्दा । उनी यस्ता “कु” वाक्यका इन्जिनियर मात्र हैनन । उनी भष्टाचारी र अनियमितताका पनि महारथि नै हुन । उनी नक्कली वील मात्र बनाउन हैन, ठेकेदारको बैक खाता नै आफै संचालन गर्नमा समेत सिद्धहस्त छन ।
केसीले महाराजगञ्ज शाखामा गरेका अनियमितताका फेरस्तीको एउटा पाण्डुलिपिनै तयार हुन्छ । उनले प्रतिव्यक्ति ५० हजार भन्दा बढी जनतासँग असुलेर वितरण गरेका खानेपानीका धारा, काम नै नगरि भुक्तानी गरेका वीलहरुको बेली विस्तार यहाँ लगाएर सकिने अवस्था भने अबस्य पनि छैन । यस विषयमा
अख्तियार र सर्तकता केन्द्रले अवस्यनै छानविन गरेर देखाउने नै छ ।
केसी भक्तपुरको ठिमि शाखाको प्रमुख हुदाँ एक तामाङ ठेकेदारलाई काम नै नगरिकन नक्कली वीलमा भुक्तानी दिएका थिए । उनी पैसा लिएर उनीहरुलाई नदिएपछि एक किसिमको लफडा नै भएको थियो । उनले कुन कम्पनीलाई कति भुक्तानी गरेका थिए भन्ने विषयको प्रमाण हामिसँग सुरक्षित नै छ । त्यसै गरि ठेकेदार रेशम के.सीको बैक खाता समेत आफै संचालन गरि बैकबाट नक्कली छाप र लेटरप्याड बनाएर नक्कली वीलमा भुक्तानी दिए र आफै चेक काटेपछि त्यो विषयले केसीको जागिर धरापमा नै परेको थियो । तर, त्यो विषयमा तत्कालीन सिइओ महेश भट्टराईले उनलाई बचाएका थिए ।
सडक विभागमा जागिर खादा भष्टाचार लागेर जागिर गुमाएका भष्टहरुको केयूकेएलमा जगजगि चलेको चर्चा केयुकेएलमा चल्ने गरेको छ ।









































