काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा प्रचण्ड बुहारी वीना मगरले झण्डै एक करोड भन्दा बढी घुस खाएर नियुक्ती भएका सिईओ मिलनकुमार शाक्य योजनाका पुलिन्दा मै सिमित भएका छन ।
उनले बनाएका योजना हेर्दा जो कोहि पनि झुक्किन सक्छन । उनी ति योजना कार्यन्वयनमा अहिले सम्मका सिईओ भन्दा धेरै कमजोर देखिएका छन ।
मिठा र चिप्ला कुराका पारखी सिईओ शाक्यले केयूकेएललाई रसातालमा नै पुर्याउने कुरामा सरोकारवालाहरु एक मत देखिएका छन । मेलम्चीको पानी वितरणको एक मात्र अप्परेटर केयूकेएल हो । यहाँको व्यवस्थापन हेर्दा मेलम्चीको पानी होइन टुकुचाको पानीसम्म व्यवस्थापन गर्ने ढंग छैन । उनी आफ्नो काम अन्य कर्मचारीहरुको टाउँकोमा थुपारेर आफु आन्नदको निद्रामा सुतिरहेका छन । उनले हालै केयूकेएलमा एउटा अनुगमन समिति पुर्नगठन गरेर ज्ञानेन्द्र कार्किको ठाउँकोमा एउटा गतिलो हतियार तेर्साएका छन ।
केयूकेएलका यूनियनका नेताहरुलाई नर्तकिहरुलाई नचाँए जसरी नचाउन खप्पीस शाक्य प्रायः हरेक बेलुका युनियनका नेता, शाखा प्रमुख, लेखा प्रमुख, खरिद प्रमुख, इन्जीनियर र ठेकेदारहरुसँग गफ्फिन उनमा रुझान देखिएको छ ।
त्यतिमात्र हैन उनको केही महिलाहरुसँगको निकट्ताले राजधानीका केहि तारे होटलहरु बेलुका र्गमाउने गरेका केहि प्रमाणहरु निक्कै डर लाग्दा छन ।
उनलाई केयूकेएलबाट हटाउने प्रक्रियाको खेल समेत शूरु भइसकेको समाचार सूत्रहरुले दावी गरेको छ । शाक्य काम भन्दा बढी नगद नारायणमा बढी लाग्ने गरेका कारण लिमिटेडको काममा ढिलासुस्ती आएको छ । उनको काम सन्तोष जनक नभएको सिकाएत खानेपानी मन्त्रीलाई समेत भइसकेको र वीनाले गरेका कतिपय निर्णयहरु उल्टाउने योजनामा मन्त्री रहेको मन्त्री निकट स्रोतले दावी गरेको छ ।
उनको कामको गति भन्दा अन्य कामको गतिलाई तिब्र बनाएका कारण पनि शाक्य नजानिदो ढंगबाट समास्या फस्न लागेको उनी निकट स्रोतले दावी गरेको छ । उनका केहि यौनसँग जोडिएका गतिविधिहरु निक्कै शंका लाग्दा देखिएका कारण शाक्य केयुकेएलमा एक्लो वृहस्पति जस्ता देखिएका छन । उनलाई व्यवस्थापन टिमका कसैले पनि सहयोग नगर्ने र उसले गरेका कामको खिसी टिउरी गरेर प्रत्यक शाखामा उडाउने काम मात्र हुने गरेका कारण उनका निकट सहयोगिहरुले पनि साथ छोड्दै गएका छन ।
यस विषयमा प्रतिक्रिया लिन उनको मोवायल नम्बरमा पटक पटक सम्र्पक गर्दा र म्यासज पठाउदा पनि अटेरी गरेका कारण उनको धारणा यस समाचारमा समेट्न सकिएन ।






































