वि.सं.२०८३ भदौ १ सोमवार

बाबुराम भट्टराईले ओलीलाई प्रतिलक्षित गर्दै भने, प्रतिगमन मत्थर गर्न शक्ति केन्द्रले प्रायोजित पगरी गुथाए

khanepani

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनलाई मत्थर गर्न महान् राष्ट्रवादी भन्ने खालका ‘पगरी’ विभिन्न शक्तिहरूबाट गुथाइने भएकोले सचेत हुनुपर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले सोमबार भारतीय टिभीलाई दिएको अन्तर्वार्तालाई लिएर सामाजिक सञ्जालमा बहस भइरहेका छन्।

त्यसतर्फ संकेत गर्दै भट्टराईले मंगलबार बिहान ट्वीट गर्दै ‘ओली प्रतिगमन विषयान्तर गर्न’ यस्ता गतिविधि भइरहेको दाबी गरेका छन्।

‘ओली प्रतिगमनलाई मत्थर गर्न, विषयान्तर गर्न र अन्ततः स्थापित गर्न २०१७ सालपछि महेन्द्रलाई झैं महान् राष्ट्रवादी, हक्की, साहसी, कसैसँग नझुक्ने आदि इत्यादि प्रायोजित पगरी भित्रीरबाहिरी शक्तिहरूबाट गुथाइनेछ,’ भट्टराईले भनेका छन्, ‘नेपाली जनता र देशलाई उही निरंकुशता र अल्पविकासरपरनिर्भरतामा फसाइनेछ१ चेतना भया।’

प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।
प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भन्दै नेकपाका प्रचण्ड-नेपाल समूह, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले विरोध गरिरहेका छन्।

ranechhap