वि.सं.२०८१ फागुन ३ शनिवार

नेकपाभित्रको विवाद समाधान गर्न केन्द्रिय समितिको बैठक माग गर्नका लागि हस्ताक्षर अभियान

काठमाडौँ । नेकपाभित्रको विवाद समाधान गर्न केन्द्रिय सदस्यहरुले केन्द्रिय समितिको बैठक माग गर्नका लागि हस्ताक्षर अभियान चलाएका छन्।

केन्द्रिय सदस्य ठाकुर गैरेको अगुवाईमा शनिबार बेलुका आयोजित एक भेलामा केन्द्रिय सयस्यहरुले हस्ताक्षर अभियान थालेका हुन्। हालसम्म ५३ जनाले हस्ताक्षर गरेको नेता गैरेले जानकारी दिए।

काठमाडौँ उपत्यका बाहिर रहेका इच्छुक केन्द्रिय सदस्यहरुलाई पनि हस्ताक्षर पठाउन आग्रह गरिएको गैरेले बताए।

नेकपाको विधानमा एक चौथाई केन्द्रिय सदस्यले माग गरे बैठक बोलाउनु पर्ने व्यवस्था रहेको छ। ४४१ सदस्यीय नेकपा केन्द्रिय समितिमा हाल ४३७ जना रहेका छन्। एक चौथाईका लागि ११० जना केन्द्रिय सदस्यहरुको हस्ताक्षर आवश्यक पर्नेछ।

महाधिवेशन नहुँदासम्म पार्टीभित्रको विवाद केन्द्रिय समितिबाट हुनुपर्ने नेता गैरेले बताए। उनले भने, ‘महाधिवेशन नहुँदासम्म पार्टीको सबैभन्दा वैधानिक थलो केन्द्रिय समिति हो। पार्टीभित्रको यो विवादको समाधान त्यहीँबाट खोज्नु बढी वैधानिक हुन्छ।’

Untitled