03, May, 2024

सांसद ओसार्न हाइस खरिद गर्दै कर्णाली प्रदेशसभा

Bagmati Voice
संवाददाता
६ श्रावण २०७९, शुक्रबार ११:१० | १ साल अगाडी

सुर्खेत । कर्णाली प्रदेशसभाले चालू आर्थिक वर्षमा एउटा हाइस गाडी खरिद गर्ने भएको छ ।

वीरेन्द्रनगरभन्दा टाढा बस्ने सांसदहरुलाई संसद बैठकका बेला ओसार्न उक्त गाडी किन्ने लागिएको हो । वीरेन्द्रनगरभन्दा टाढा बस्ने आफ्नो निजी सवारीसाधन नभएका सांसदहरुले अटोरिक्सा प्रयोग गर्नुपर्ने र त्यसले सुरक्षा जोखिम बढाउन सक्ने भन्दै प्रदेशसभाले हाइस खरिद गर्ने प्रक्रिया अघि बढाएको छ ।

प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सदन चलेको समयमा सांसदहरुलाई वीरेन्द्रनगर रिङ्गरोडबाट सदनमा ल्याउने र पुनः घर पुर्‍याइने प्रयोजनका लागि गाडी खरिद गर्न ८५ लाख बराबरको बजेट विनियोजन गरिएको जानकारी दिए ।

उनले भने, ‘यसका अलावा सांसदहरुको अवलोकन भ्रमणका लागि पनि उक्त गाडी प्रयोग गरिनेछ ।

६ श्रावण २०७९, शुक्रबार ११:१० मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading