वि.सं.२०८३ भदौ १ सोमवार

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी सांसद परराष्ट्र मन्त्री भेटेपछि ओली समूहमा

khanepani

काठमाडौं । आफ्नै दलभित्र अल्पमतमा परेका प्रदेश १ का मुख्य मन्त्री शेरधन राई प्रचण्ड-नेपाल समूहमा लागेका प्रदेश सभा सदस्य तान्न लागेका छन्।

यहीँ क्रममा उनले शनिबार एक जना सांसद आफ्नो पक्षमा तानेका छन्। अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेकी मोरङकी सांसद वसन्तीदेवी यादव शनिबारदेखि ओली समूहमा खुलेकी छन्।

परराष्ट्र मन्त्रीसमेत रहेका ओली समूहका प्रवक्ता प्रदीप ज्ञवालीले भेट गरेपछि उनी सो समूहमा खुलेकी हुन्।

अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ३७ मध्ये कला घले र यादव ओली समूहमा लागेका हुन्।

ranechhap