वि.सं.२०८३ असार २४ बुधवार

बाराको पचरौता नगरपालिकाले बन्द गर्‍यो स्वास्थ्य सेवा

khanepani

बारा । बाराको पचरौता नगरपालिकाले कर्मचारी नभएको भन्दै स्वास्थ्य सेवा बन्द गरेको छ ।

मेयर जलन्धर सिंह जैसवारले सूचना निकालेर नगर अस्पतालका सेवा, बर्थिङ्ग सेन्टरका सेवा र पिपरपाती पचरौता स्वास्थ चौकीको ल्याब सेवा बन्द गरिएको जनाएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत नभएको र निमित प्रमुख प्रशासकीय अधिकृत पनि सम्पर्क बिहीन भएका कारण करारका कर्मचारीको म्याद थप्ने तथा नयाँ कर्मचारी भर्ना गर्ने प्रक्रिया अघि बढाउन नसकेका कारण स्वास्थ्य सेवा नै बन्द गर्नु परेको उनलेब ताएका छन् ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव सम्पर्क बिहिन रहेका कारण नगरपालिकाको आव २०७९/०८० को नगरसभा समेत हुन नसकेको उनले बताएका छन् ।

हाकिम नभएका कारण पचरौता नगरपालिकामा कुनै प्रकारको निवेदनमा पनि तोक लाग्न नसकेको सेवाग्राही सियारामप्रसाद यादवले गुनासो गरे ।

ranechhap