काठमाडौं । नेपाल प्रहरीका ३४ इन्स्पेक्टर डीएसएपी बढुवाका लागि सिफारिस भएका छन् ।
सिफारिस हुनेमा अधिकांश २०६७ पुस २७ को भर्ना मितिका इन्स्पेक्टर छन् । उक्त भर्ना मितिका ७९ इन्स्पेक्टरमध्ये केही गत वर्षको बढुवामा डीएसपी भइसकेका छन् ।
यसचोटि भर्नाको ४२ औँ नम्बरका होमबहादुर थापा डीएसपीमा पहिलो भएका छन् । दुईपटक बढुवा हुँदा पनि सो व्याचका सबै इन्स्पेक्टर डीएसपी हुन सकेका छैनन् ।
सोमबार प्रकाशित बढुवा सिफारिसमा विभागीय बढुवाका इन्स्पेक्टर अनिलकुमार अधिकारीसहितका अधिकृत समावेश गरिएका छन् ।








































