15, May, 2024

लिग टू क्रिकेट : नामिवियाविरुद्ध नेपालले पहिले बलिङ गर्ने

Bagmati Voice
संवाददाता
३२ असार २०७९, शनिबार १५:३९ | १ साल अगाडी

काठमाडौं । विश्वकप क्रिकेट लिग टू मा नेपालले शनिबार नामिबियाविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

स्कटल्याण्डमा भइरहेको खेलमा नामिबियाले टस जितेर पहिले ब्याटिङ रोजेको हो । शनिबारको खेलमा नेपाली टिममा एउटा परिवर्तन गरिएको छ ।

करण केसीको ठाउँमा पवन सर्राफ पहिलो रोजाइमा खेल्दैछन् । पवनले यसअघि गत मार्चमा कीर्तिपुर मैदानमा भएको पपुवा न्युगिनीविरुद्धको खेलमा खेलेका थिए ।

यसअघि लिग टू क्रिकेटको पहिलो खेलमा नेपाल नामिबियासँग ४० रनले पराजित भएको थियो भने स्कटल्याण्डलाई ५ विकेटले हराएको थियो ।

३२ असार २०७९, शनिबार १५:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading