वि.सं.२०८१ माघ २८ सोमवार

काठमाडौँ उपत्यकामा थप ३० जनामा कोरोना देखियो

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २७, ललितपुरका दुई र भक्तपुरका एक जनामा कोरोना पुष्टि भएको हो।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका २१ , भक्तपुरका १ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ५ जना संक्रमित भेटिएका छन् भने वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको हाे।

Untitled