15, May, 2024

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय बुधबारदेखि एक महिना विदा हुने

Bagmati Voice
संवाददाता
२९ असार २०७९, बुधबार १३:०८ | १ साल अगाडी

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा बुधबारदेखि एक महिना विदा हुने भएको छ ।

उपमहानगपालिकाको शिक्षा शाखा प्रमुख मेहीलाल यादवले सूचना जारी गर्दै उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयमा बुधबारदेखि साउन २६ गतेसम्म वर्षे बिदा दिइएको जानकारी दिए ।

विद्यालयमा एक शैक्षिक सत्रमा हिउँदे बिदा र वर्षे बिदा दुवै गरी ४५ दिन पठन–पाठन बन्द रहने व्यवस्था भएअनुसार उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा पालिकाको शैक्षिक क्यालेण्डरबमोजिम वर्षे बिदा दिइएको प्रमुख यादवले बताए ।

विद्यालयमा पठनपाठन बन्द हुँदा पनि शिक्षा तथा मानव स्रोत विकास केन्द्र योजना तथा अनुगमन शाखा सानोठिमी भक्तपुरको पत्रअनुसार सबै विद्यालयका प्रधानाध्यापकलाई वर्षे बिदाभरि उपमहानगरपालिकाको सम्पर्कमा रहन भनिएको प्रमुख यादवद्वारा जारी सूचनामा उल्लेख छ ।

यस्तै विद्यालयका पूर्वनिर्धारित कार्यक्रम कक्षा ११ र १२ मा भर्ना तथा प्राविधिक शिक्षासम्बन्धी गतिविधिलगायतका कार्यक्रम यथावत् सञ्चालन रहने जनाएको छ ।

२९ असार २०७९, बुधबार १३:०८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading